तुलसीपुर, ३० मंसिर/ तुलसीपुरको (क) लाइनमा रहेको विपी चोकमा तोडफोड भएको छ । केहिदिन अगाडी बीपीको सालिक रहेको स्थानमा तोडफोड भएको नेपाली काँग्रेस क्षेत्र नं। ३ ले जनाएको छ । क्षेत्रिय सभापति जगतबहादुर खड्काले आफुहरुले शुक्रवारमात्र सो कुरा थाहा पाएको जानकारी दिए ।
वीपीको सालिकमा कुनै क्षति नभएपनि त्यहाँ राखिएको दक्षिण तर्फको सिलालेखका साथै दक्षिण तर्फको भागमा केहि आमसीक क्षतिपु¥याएको खड्काले जानकारी दिए । बीपीको सालिक मुनि रहेको एउटा सिला लेख र चोकको वरपर केहि क्षति भएको छ । वीपी चोकमा कसले र किन तोडफोड ग¥यो भन्ने जानकारी भने अझै हुन सकेको छैन् । नेपाली काँग्रेसका नेता केशव आचार्यले वीपी चोकमा रहेको सिला लेख र अन्य ठाउँमा क्षति हुने गरि तोडझोड भएको भन्दै त्यसको छानविन गर्न माग गरे । ‘वीपी चोकमा यसरी कसले र किन तोडफोड ग¥यो यो रहस्यमय छ यसको छानविन हुनुपर्छ – आचार्यले भने ।’ उनले वीपीको शालिक राखेको चोकमा तोडभोड हुनु दुःखद भएको बताए ।
त्यस्तै शुक्रवारकै उक्कीएको शिला लेख र अन्य क्षति भएको स्थान मर्मत गरेको सभापति खड्काले बताए । उनले यस्ता गलत गतिविधि गर्नेलाई छाविन गरि कारवाहिको माग समेत गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले भने यस घटनाको विषयमा खोजी र अनुसन्धान भई रहेको बताएको छ । डिएसपी ठाकुर प्रसाद पोख्रेलले कस्ले र किन तोडफोड गरेको भन्ने विषयमा जाचवुझ भई रहेको बताए । ‘हामीहरुले सिसि क्यामेरा देखि अन्य कुराहरु खोजी गरि रहेका छौ –उनले भने ।’

