• ट्रेण्डिङ्ग :
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै


  • 2.9K
    SHARES
    • पौष १, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै

    काठमाडौं १ पुस / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ। 

    images

    धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ९ बजे बैठक सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डा पेस गर्नेछन्। 

    यस्तै बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने श्रेष्ठले बताए। यसअघि पार्टीले चलाएको अभियानको समिक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गर्ने राप्रपाले जनाएको छ। बैठक पर्सि सम्म चल्नेछ। 


    तेस्रो आँखा