• ट्रेण्डिङ्ग :
५ लाख घुससहित वडा अध्यक्ष पक्राउ

५ लाख घुससहित वडा अध्यक्ष पक्राउ


  • 3.1K
    SHARES
    • पौष २, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    ५ लाख घुससहित वडा अध्यक्ष पक्राउ

    बारा २ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको जीतपुरबाट एक जना वडाध्यक्षलाई घुस रकम सहित पक्राउ गरेको छ । 

    images

    हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको हो । 

    नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ । वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । 


    तेस्रो आँखा