• ट्रेण्डिङ्ग :
नारायणगढ–मुग्लिन सडकखण्ड यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने


  • 3.0K
    SHARES
    • पौष ५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    नारायणगढ–मुग्लिन सडकखण्ड यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा  बन्द हुने

    चितवन ५  पुस / नरायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

    images

    पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो ।

    नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

    यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ ।

    पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

    उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

     


    तेस्रो आँखा