• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने


  • 3.2K
    SHARES
    • पौष ६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौँ, ०६ पुस । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते म‌गलबार राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

    images

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,  ‘यही पुस १० गते मेरो १ बर्ष पुरा हुन्छ । १० गतेको दिन नै राष्ट्रका नाममा सम्बोधन गर्नेछु र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता गरेको छु ।’

    प्रधानमन्त्री प्रचण्डले एक बर्षमा के गर्ने भनि प्रतिवद्धता गरे अनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर गरेर भएपनि  कामलाई गति दिने बताए ।

    मन्त्रालयले गरेका कामहरूबारे अहिले आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालयहरु पनि रहेको भन्दै त्यस्ता मन्त्रालयमा मन्त्री हेरफेर गरिने उल्लेख गरे ।

    ‘मन्त्रीहरूलाई बोलाएर के–के काम भएको छ भनेर जानकारी लिएको छु। केही मन्त्रालयमा प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिनेछु ।


    तेस्रो आँखा