अन्तर्राष्ट्रिय डेस्क । मानव तस्करीको आशंकामा पेरिस नजिकै नियन्त्रणमा लिएको करिब तीन सय भारतीय यात्रु बोकेको विमान फ्रान्सेली प्रहरीले प्रस्थानका लागि अनुमति दिएपछि उडेको छ। जसमा अधिकांश यात्रु भारतीय छन् ।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट ३०३ यात्रु बोकेर निकारागुआ जाने उडानलाई बिहीबार पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भाट्री विमानस्थलमा ‘मानव तस्करी’ को आशंकामा रोकिएको थियो । आइतवार, चार फ्रान्सेली न्यायाधीशहरूले पक्राउ परेका यात्रुहरूलाई सोधपुछ गरे। पेरिस अभियोजकको कार्यालयले मानव तस्करीको आशंकामा सुरु गरेको अनुसन्धानको एक भागको रूपमा सुनुवाइहरू भएको हो। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार केही यात्रुहरूले हिन्दी र केहीले तमिल भाषा बोलेका थिए।
विमानलाई प्रस्थान गर्न अनुमति दिएपछि, फ्रान्सेली न्यायाधीशहरूले आइतबार प्रक्रियामा अनियमितताको कारण यात्रुहरूको सुनुवाई रद्द गर्ने निर्णय गरे। विमानमा ११ जना नाबालिग सवार थिए जसको साथमा अरु कोही थिएनन् । शुक्रबारदेखि हिरासतमा रहेका दुई यात्रुको थुनामा शनिबार साँझ ४८ घण्टा थपिएको फ्रान्सेली अभियोजकहरूले बताएका छन्।
