• ट्रेण्डिङ्ग :
युक्रेनले गरेको आक्रमण बाट रुसको युद्धपोत क्षति

युक्रेनले गरेको आक्रमण बाट रुसको युद्धपोत क्षति


  • 2.9K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.4K Views

    युक्रेनले गरेको आक्रमण बाट   रुसको युद्धपोत  क्षति

    काठमाडौं १० पुस / युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ ।

    images

    रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन युद्ध विमानले आक्रमण गरेको थियो । आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको रुसले बताएको छ ।

    तर युक्रेनले भने युद्धपोत ध्वस्त बनाएको दाबी गर्दै आएको छ । यो आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको रसियाद्वारा नियुक्त क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् ।

    उनका अनुसार आक्रमणमा छवटा भवनमा क्षति पुगेको छ र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो ।

    बन्दरगाह क्षेत्रमा ठूलो विष्फोट भएको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

    क्रिमियालाई अन्तर्राष्ट्रिय रूपमा युक्रेनको भागको रूपमा मान्यता दिइन्छ । तर यो स्थान सन् २०१४ मा रुसले कब्जा जमाएको छ ।


    तेस्रो आँखा