• ट्रेण्डिङ्ग :
पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल

पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल


  • 3.9K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.1K Views

    पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता सकिएको बताएका छन्।

    images

    पार्टीको नवौँ महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाई थियो।

    ललितपुरमा आज (बुधवार) शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा उनले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी गरे।

    उनले उमेरहद राख्ने तर दोस्रो तहमा विचारवान नेताहरु जन्माउन नसकिएको बताए। उनले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने बताए।

    खनालले ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले पार्टी कमिटीको आकार कटौती गर्न आवश्यक रहेको तर्क गर्दै आकार घटाउनुपर्ने प्रस्ताव पनि गरेका छन्।

    ‘अस्तिको छैटौँ केन्द्रीय कमिटी बैठकमा मैले एउटा सानो-सानो सर्भे गरेको थिएँ। तपाईं हामी ७२ परसेन्ट नै ६० वर्ष माथिका रहेछौँ। हामी पनि बुढाखाडा हुन अब धेरै रहेनछ। त्यसो हुनाले युवाहरूलाई हामीले अगाडि ल्याउनु पर्छ भन्ने यो तथ्याङ्कले नै बताइहाल्यो‚’ उनले भने‚ ‘त्यसो हुनाले अब युवाहरूलाई हामीले प्रोत्साहित गर्नुपर्छ। सामान्य रूपमा ४० प्रतिशतसम्म गरौँ भन्ने त आइसकेको छ। त्योभन्दा पनि अझै बढी गरौँ भन्ने पनि छ।’


    तेस्रो आँखा