• ट्रेण्डिङ्ग :
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 


  • 7.5K
    SHARES
    • कार्तिक ७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

    काठमाडौँ, कात्तिक ७ । 
    सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री पठाइसकिएको भन्दै आवश्यक सबै तयारी पनि पूरा भएको बताऐ । यसवर्ष भिटामिन ‘ए’ २७ लाख बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने पनि पराजुलीले जानकारी दिए । मन्त्रालयले सूचना जारी गर्दै बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ । सरकारले हरेक वर्ष  ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’  र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।

    images


    तेस्रो आँखा