• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


  • 3.2K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं १२ पुस/ सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीले गरेका काममाथी समिक्षा, राष्ट्रियसभाको चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।

    images

    प्रचण्ड नेतृत्व सरकारमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट नौ जना मन्त्री सरकारमा सामेल रहेका छन् । मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएपछि आजको बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको छ ।


    तेस्रो आँखा