• ट्रेण्डिङ्ग :
भारतीय अभिनेता विजयकान्तको निधन

भारतीय अभिनेता विजयकान्तको निधन


  • 3.4K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    भारतीय अभिनेता विजयकान्तको निधन

    एजेन्सी १२ पुस/ भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा सकारात्मक आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    उनी स्वस्थ भएको अनि परीक्षणपछि घर फर्किएको पनि पार्टीले नै बताएको थियो । तर आज पार्टीले उनको कोभिडको परीक्षण सकारात्मक आएको अनि सास फेर्न समस्या भएपछि भेन्टिलेटर सर्पोटमा राखिएको बतायो । मेडिकल स्टाफहरुले सर्वोत्तम प्रयास गर्दागर्दै पनि डिसेम्बर २५ को बिहान उनको निधन भएको विजयकान्त भर्ना भएर उपचार गराइरहेका एमआईओटी अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै भनेको छ ।

    विजयकान्त नोभेम्बर २० मा अस्पतालमा भर्ना भएका थिए । उनी यही महिना अस्पतालबाट डिस्चार्ज भएका थिए । विजयकान्तले आफ्नो फिल्मी करियरमा १५४ ओटा फिल्ममा काम गरेका थिए । उनले कयौँ हिट फिल्म दिएका थिए । फिल्म पछि उनी राजनीतिमा आए अनि डीएमडीके पार्टी खोले । विरुधाचलम र ऋतिवंडियम निर्वाचन क्षेत्रबाट उनी दुई पटक विधान सभाको सांसद पनि भए ।

     


    तेस्रो आँखा