• ट्रेण्डिङ्ग :
सेनाका दुई सहायक रथीको उपरथी र ९ महासेनानीको सहायक रथीमा बढुवा

सेनाका दुई सहायक रथीको उपरथी र ९ महासेनानीको सहायक रथीमा बढुवा


  • 3.4K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    सेनाका दुई सहायक रथीको उपरथी र ९ महासेनानीको सहायक रथीमा बढुवा

    काठमाडौं। सरकारले नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी पवन घिमिरे र चोकबहादुर ढकाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

    उपरथीमा बढुवा सिफारिस भएका घिमिरे नेपाली सैनिक वार कलेज, नगरकोटमा र ढकाल लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत छन्।

    यस्तै सरकारले ९ जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ। पुराण घले, राजेन्द्र श्रेष्ठ, नारायण थापा, रामचन्द्र थापा, कमल बानियाँ, राजाराम बस्नेत, रोज राणा, सञ्जय देउजालगायत सहायक रथीमा बढुवा भएकाहुन् । 

     


    तेस्रो आँखा