फ्रान्स । युक्रेनमा मस्को सेनाको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएपछि फ्रान्सले युक्रेनमा रुसको निन्दा गरेको छ।
फ्रान्सेली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनी जनताको सहनशीलता र हार्दिकतालाई कमजोर पार्न युक्रेनी नागरिक पूर्वाधार नष्ट गर्ने उद्देश्यले आतङ्कको रणनीति जारी राखेको जनाएको छ।
यता रूसी क्षेप्यास्त्र शुक्रबार आफ्नो हवाइ क्षेत्र हुँदै युक्रेनभित्र प्रवेश गरेको गरेको पोल्याण्डको सेनाले बताएको छ।
पोल्याण्डको सशस्त्र बलका जनरल स्टाफका प्रमुख जनरल विस्लाव कुकुलाले भने,‘रसियाली क्षेप्यास्त्र पोल्याण्डको आकाशमा प्रवेश गरेको सबै कुराले संकेत गर्छ। यसले हाम्रो हवाइ क्षेत्र पनि नाघेको छ।’
