• ट्रेण्डिङ्ग :
गाजामा २४ घण्टामा १८७ जनाको मृत्यु

गाजामा २४ घण्टामा १८७ जनाको मृत्यु


  • 2.7K
    SHARES
    • पौष १४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    गाजामा २४ घण्टामा १८७ जनाको मृत्यु

    एजेन्सी १४ पुस/ इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा धेरै लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार इजरायली सैनिकहरू भीषण लडाइँमा संलग्न छन्।

    images

    आइडीएफका अनुसार इजरायली सेनाले पछिल्ला भिडन्तहरूमा दर्जनौँ विद्रोहीहरूु मारेका छन्। सेनाले उत्तरी गाजामा हमासले प्रयोग गरिरहेको दुईवटा भवन भत्काएको सेनाले जनाएको छ।

    यसअघि गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा भएको आक्रमणमा १८७ जनाको मृत्यु भएको जनाएको थियो । दक्षिणी गाजामा गएराति ठुलो हमला भएको पनि जानकारी दिइएको छ । खान युनिसमा इजरायली ट्याङ्कहरूबाट गोलाबारी र बमबारीको आवाज गुन्जिरहेको थियो। समाचार एजेन्सी रोयटर्सले दक्षिणी गाजाका तस्बिरहरू जारी गरेको छ, जसमा बाक्लो धुवाँको मुस्लो बस्तीहरूमाथि उठिरहेको देखिन्छ।

     


    तेस्रो आँखा