• ट्रेण्डिङ्ग :
नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरूङ

नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरूङ


  • 4.3K
    SHARES
    • पौष १५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.6K Views

    नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरूङ

    काठमाडौं। सहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन्।

    images

    आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव-२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरूङले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरूप्रति सरकार सजग रहेको बताइन्।

    उनले केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरूमा भन्दा अहिले राम्रो हुँदै गइरहेको बताइन्।

    उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागिता जोगाउने चुनौती रहेको पनि बताइन्। उनले संविधानलाई संस्थागत गर्न सबैले साझा संकल्प गर्नुपर्ने बताइन्।

    मन्त्री गुरूङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूलाई बचाउनुपर्नेमा जोड दिइन्। उनले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाएर लानुपर्ने बताइन्।


    तेस्रो आँखा