अयोध्या। भारतको उत्तर प्रदेश, अयोध्यामा राम मन्दिरको उद्घाटन गर्नुअघि आईतबार प्रधानमन्त्री नरेन्द्र मोदीले यो सहरलाई धेरै उपहार दिएका छन् ।
उनले अयोध्या धाम रेलवे स्टेशन र महर्षि वाल्मिकी अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे।
यससँगै ६ वटा वन्दे भारत र २ वटा अमृत भारत ट्रेनलाई हरियो झण्डा शुभारम्भ गरे । सोही अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या आसपासका क्षेत्रका लागि करिब एक हजार करोड रुपैयाँ बराबरको परियोजनाको शिलान्यास र उद्घाटन पनि गरे ।
