• ट्रेण्डिङ्ग :
यूरोको भाउ घट्यो, अरु विदेशी मुद्राको कति  ?

यूरोको भाउ घट्यो, अरु विदेशी मुद्राको कति  ?


  • 5.1K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.9K Views

    यूरोको भाउ घट्यो, अरु विदेशी मुद्राको कति  ?

    काठमाडौं १६ पुस/ युरोपियन यूरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दर अनुसार आइतबारको कारोबार भन्दा आज यूरोको भाउ घटेको हो ।

    images

    आइतबार यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा थियो। आज १ यूरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा तोकिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज (सोमबार) का लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ । यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा तोकिएको छ । स्वीस फ्रान्क १ को खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा तोकिएको नेपाल राष्ट्र बैँकले जनाएको छ । 


    तेस्रो आँखा