• ट्रेण्डिङ्ग :
देश ईपीएस परीक्षाको आवेदन दिन पाउने समय दुई दिन थपियो

देश ईपीएस परीक्षाको आवेदन दिन पाउने समय दुई दिन थपियो


  • 4.9K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.6K Views

    देश ईपीएस परीक्षाको आवेदन दिन पाउने समय दुई दिन थपियो

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । 

    images

    सिपबिल्डिङको परीक्षामा सहभागी भएकाहरूका लागि उत्पादनशील क्षेत्रको आवेदन खुलाइएको छ । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो ।

    तर, गत शुक्रबार बालकुमारीमा भएको घटनामा दुईजनाको मृत्यु भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएकाले समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

    EPS-1704203834.jpg


    तेस्रो आँखा