• ट्रेण्डिङ्ग :
सांसद थापाले सुरु गरे ‘जनता र स्थानीय जनप्रतिनिधि’सँग संवाद कार्यक्रम

सांसद थापाले सुरु गरे ‘जनता र स्थानीय जनप्रतिनिधि’सँग संवाद कार्यक्रम


  • 3.6K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सांसद थापाले सुरु गरे ‘जनता र स्थानीय जनप्रतिनिधि’सँग संवाद कार्यक्रम

    काठमाडौं । स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक्रमको सुरुआत गरेका छन् । 

    images

    नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापति समेत रहेका सांसद थापाले आफ्नो क्षेत्रको अर्जुनचौपारी गाउँपालिकाबाट कार्यक्रमको सुरुआत गरेका हुन् । 

    कार्यक्रममा जनताहरूले सांसद थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत विभिन्न क्षेत्रका समस्याहरू सुनाएका थिए । सडक निर्माण, बाँदर समस्या, सुन्तला खेतीले मूल्य नपाएको, बेरोजगारी समस्या भएकोलगायत विषय उठेका थिए । उठेका प्रश्नहरूको सांसद थापाले एक–एक गरी उत्तर दिएका थिए । 

    जनताका चासो र गुनासोहरूलाई सम्बोधन गर्दै सांसद थापाले संघीय सांसदका तर्फबाट जनताका मूलभूत समस्याका विषयमा निरन्तर संसदमा कुरा उठाएको बताए । उनले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति नगर्ने पनि बताए । 


    तेस्रो आँखा