• ट्रेण्डिङ्ग :
सात लाख तिरेर बिरामीको उद्धार

सात लाख तिरेर बिरामीको उद्धार


  • 6.7K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    सात लाख तिरेर बिरामीको उद्धार

    काठमाडौं, २० पुस । केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।

    images

    उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहादुर लामाले बताए। उनले भने, “आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौँ, रु सात लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर उपचारका काठमाडौँ लगिएको छ । गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो।” 

    काठमाडौँबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो। पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहनुका साथै गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टर मगाइएको हो। आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो। पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो। बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ।

    उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन्। हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ। यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ।  बिरामी आफैँले हेलिकोप्टर रिजर्भ गर्दा रु सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।


    तेस्रो आँखा