• ट्रेण्डिङ्ग :
सभापतिको उम्मेदवार म : कांग्रेस बरिष्ठ नेता पौडेल

सभापतिको उम्मेदवार म : कांग्रेस बरिष्ठ नेता पौडेल


  • 7.3K
    SHARES
    • कार्तिक ८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सभापतिको उम्मेदवार म : कांग्रेस बरिष्ठ नेता पौडेल

    बाँके, कात्तिक ८ । 
    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आँफू पार्टी सभापतिको उम्मेदवार रहेको बताएका छन् । आँफू आफ्नो समुहबाट एकमात्र उम्मेदवार बन्ने पौडेलको भनाई छ । आफ्नो समुहबाट अन्य नेताहरुले सभापति पदको उम्मेदवार बन्ने आकांक्षा देखाएपनि अन्ततः आँफूनै उम्मेदवार बन्ने उनको भनाई छ । ‘हाम्रो समुहबाट धेरै नेताहरुले सभापति बन्ने आकांक्षा देखाउनु भएको छ, यो स्वाभाविक पनि हो,’ नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘तर हाम्रो समुहको एक्लो साझा उम्मेदवार म नै हुन्छु ।’ 
    यसैगरि नेता पौडेलले अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको बताए । उनले सभापति शेरबहादुर देउबाको अनिच्छाका कारण अधिवेशन अलमलमा परेको बताए । ‘केन्द्रीय समितिको बैठक बोलाउनुस्, अधिवेशनका बारेमा छलफल गरौँ भनेर मैले देउवाजिलाई दसैँ अगाडी नै भनेको हुँ,’ पौडेलले भने ‘तर उहाँले केन्द्रीय समिति बैठक बोलाउनु भएको छैन ।’ 

    images

     


    तेस्रो आँखा