तुलसीपुर, २० पुस/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष यमराज केसीलाई पत्नी शोक परेको छ । उनको पत्नी पुष्पा केसीको ४३ वर्षको उमेरमा शुक्रबार बिहान सवा ४ बजेको समयमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सरबाट पीडित केसीको अल्पआयुमै निधन भएको हो । उनको आज बिहान ९ बजेतिर शितलपुर घाटमा अन्त्येष्टी गरिने भएको छ । केसीको निधनप्रति विभिन्न व्यक्ति तथा संघसंस्थाले दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
