• ट्रेण्डिङ्ग :
थारु जातिको माघ महोत्सव : झाँकीमा महिला नै महिला, कता हराए पुरुष ? [फोटो फिचर]

थारु जातिको माघ महोत्सव : झाँकीमा महिला नै महिला, कता हराए पुरुष ? [फोटो फिचर]


  • 31.2K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 48.1K Views

    थारु जातिको माघ महोत्सव : झाँकीमा महिला नै महिला, कता हराए पुरुष ? [फोटो फिचर]

    दाङ, २० पुस । थारु समुदायको नयाँ वर्ष अर्थात महान पर्व माघीको पूर्वसन्ध्यामा थारु कल्याणकारिणी सभा लगायत दर्जनौं संघसंस्थाहरुले आयोजना गरेको ‘माघ साँस्कृतिक महोत्सव २०८०’को भव्य शुभारम्भ गरिएको छ ।

    images

    Maghi Mahotsav (15).JPG

    घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।

    Maghi Mahotsav (12).JPG

    सदरमुकाम घोराहीको ट्राफिकचोकबाट शुरु भएको झाँकीसहितको जुलुस बजार परिक्रमापछि शहीदमञ्चमा पुगेर सभामा परिणत भएको थियो । हजारौंको संख्यामा सहभागिता रहेको झाँकीको अग्रभागमा र केही मादल बजाउने बाहेक अरु जम्मै महिला थिए । जुलुस हेर्न पुगेका मानवअधिकारकर्मी विनोद केसीले हजारौं महिलाहरुको झाँकीमा पुरुषहरु नगण्य र छिटफुटरुपमा मात्रै देखिएको बताए । उनले भने, “यो विचारणीय पक्ष हो । थारु पुरुषहरु कता हराए ?” यद्यपि मञ्च र अतिथि दीर्घामा भने पूर्वसाँसद शान्ता चौधरीलगायत केही महिलामात्रै देखिन्थे भने अरु जम्मै अतिथिहरु पुरुष थिए ।

    Maghi Mahotsav (11).JPG

    तराईका आदिवासी तथा धर्तिपुत्र मानिने थारु समुदायले आफ्नो संस्कृति जोगाउन भन्दै माघ साँस्कृतिक महोत्सवको आयोजना गरिएको । महोत्सव भोलि पुस २१ गतेसम्म चल्नेछ । थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए । यस महोत्सवले थारु भाषा, कला, संस्कृतिको प्रवद्र्धनका साथै जिल्लाको पर्यटनको विकासमा समेत थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । 

    Maghi Mahotsav (10).JPG

    “आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्धिमा हाम्रो योगदान’ भन्ने मुल नारासहित शुरु भएको महोत्सवमा थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोकल भालेको मासु, मुसाको मासु,  ढिक्री, अनदीको रोटी, झोलसहितका परिकारहरु बिक्रीवितरणको लागि राखिने आयोजकले जनाएका छन् ।

    Maghi Mahotsav (14).JPG

    थारु भाषा, कला, संस्कृति, ज्ञानगुनका पुस्तक, पत्रपत्रिकाहरु पनि महोत्सवमा राखिने छन् । थारु हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारु गरगहना र मिनी थारु संग्रहालयहरु महोत्सवका थप आकर्षण रहनेछन् ।

    Maghi Mahotsav (9).JPG

    महोत्सवमा मघौटा, हुर्डुंग्या, छोक्रा लगायत ६ दर्जनभन्दा बढी नाचको प्रस्तुति रहनेछन् । जिल्लाका सबै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुम्रु गीतको प्रस्तुति सहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति समेत महोत्सवमा रहने आयोजकले जनाएका छन् । 

    Maghi Mahotsav (5).JPG

    थारु समुदायले माघ पर्वलाई महान पर्वको रुपमा मनाउँछन् । थारु समुदायको नयाँ वर्षको रुपमा समेत माघी परिचित छ । दाङ लगायत तराईका थारु बाहुल्य बस्तीमा अहिलेदेखि नै माघीको  रौनक छाएको छ ।

    Maghi Mahotsav (21).JPG

    Maghi Mahotsav (22).JPG

    Maghi Mahotsav (1).JPG

    Maghi Mahotsav (2).JPG

    Maghi Mahotsav (16).JPGMaghi Mahotsav (1).JPG

    Maghi Mahotsav (15).JPG

     

    Maghi Mahotsav (19).JPG

    Maghi Mahotsav (20).JPG

    Maghi Mahotsav (23).JPG

    Maghi Mahotsav (24).JPG


    तेस्रो आँखा