• ट्रेण्डिङ्ग :
राष्ट्रसंघको प्रतिवेदन भन्छ- सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहन्छ

राष्ट्रसंघको प्रतिवेदन भन्छ- सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहन्छ


  • 4.0K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.1K Views

    राष्ट्रसंघको प्रतिवेदन भन्छ- सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहन्छ

    काठमाडौं । सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धि २.७ प्रतिशत रहेका थियो ।

    images

    विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

    संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ ।

    विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

    न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ ।


    तेस्रो आँखा