• ट्रेण्डिङ्ग :
कोरोना विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

कोरोना विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ


  • 3.2K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.0K Views

    कोरोना विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। 

    images

    डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ। प्रवक्ता क्रिस्टियन लिन्डमायरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा हाल विश्वभर कोभिड–१९ का ८ लाख संक्रमित रहेको तथ्यांक स्वास्थ्य संस्थाहरुमा रहे पनि धेरैजसोले कोभिड परीक्षण नगराएकाले यो संख्या लाखौँका हुनसक्ने बताएका छन्। 

    अहिले फैलिरहेको कोभिडको नयाँ भेरियन्ट जेएन–वान हो। यसको संक्रमणको गति तीव्र छ। यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरुप हो। यसविरुद्ध अहिलेसम्म हालसम्म साढे १३ हजार डोज खोप लगाइएको छ।

    डब्ल्यूएचओको तथ्यांक अनुसार सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाबाट तीन वर्षमा विश्वभर ६९ लाख ९१ हजार मानिसको मृत्यु भएको छ।


    तेस्रो आँखा