• ट्रेण्डिङ्ग :
राष्ट्रिय भलिबल : ४ टोलीको लगातार दोस्रो जित, बाहिरिए बागमती र सुदूरपश्चिम

राष्ट्रिय भलिबल : ४ टोलीको लगातार दोस्रो जित, बाहिरिए बागमती र सुदूरपश्चिम


  • 3.2K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    राष्ट्रिय भलिबल : ४ टोलीको लगातार दोस्रो जित, बाहिरिए बागमती र सुदूरपश्चिम

    सुर्खेत । सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, पुलिस, त्रिभुवन आर्मी र गण्डकी प्रदेशले आआफ्ना दोस्रो खेल जितेका छन्।

    images

    आज (आइतवार) भएका खेलमा साविक विजेता एपिएफले लुम्बिनी प्रदेशलाई ३–१ ले पराजित गरेको हो। आजै भएको अर्को खेलमा गण्डकीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ। गण्डकीले मधेशमाथि २५–११, २५–१९,२५–१३ को जित निकालेको हो।

    आजै भएको अर्को खेलमा विभागीय टोली पुलिसले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ। उपाधि दावेदारमध्येको एक पुलिसले बागमतीलाई २५–१०, २५–१३ र २५–१७ ले हराएको हो।

    वीरेन्द्रनगरमा आज भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा हराउँदै आर्मीले लगातार दोस्रो खेल जितेको हो। आर्मीले पहिलो खेल २५–१५ ले जिते पनि दोस्रो खेल २१–२५ ले गुमाउन पुग्यो।

    त्यसपछि भएका अन्य सेटमा आर्मीले २५–१४ र २५–१८ ले खेल आफ्नो पक्षमा पार्‍यो। आजको हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।

    नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल पुस २६ गते हुनेछ।


    तेस्रो आँखा