• ट्रेण्डिङ्ग :
कोशीको सभामुखमा एमालेले पनि राप्रपाका विष्टलाई समर्थन गर्ने 

कोशीको सभामुखमा एमालेले पनि राप्रपाका विष्टलाई समर्थन गर्ने 


  • 3.6K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.5K Views

    कोशीको सभामुखमा एमालेले पनि राप्रपाका विष्टलाई समर्थन गर्ने 

    काठमाडौं २४ पुस/ नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।

    images

    नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ । एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।

    विष्ट सभामुख बनेपछि राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेश सभामा राप्रपाकै भुवनकुमार पाठक सभामुख छन् । कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।


    तेस्रो आँखा