• ट्रेण्डिङ्ग :
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो


  • 2.3K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो

    जापान, २४ पुस । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म २०० नाघेको छ । त्यसैगरी १०० बढी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । 

    images

    उनीहरूका अनुसार, नयाँ बर्षको पूर्वसन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापुस्थित नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावजुद भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् । 

    इशिकावा क्षेत्रीय अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ । १०२ जना बेपत्ता रहेको बताइएको छ । अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको संख्या तीन गुणा बढेर ३ सय २३ पुगेको थियो । जसमा धेरैजसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ । प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमबारसम्म झण्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । 

    उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ । झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार ६ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ । मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन् । 

    जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यति ठूलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेषगरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ । सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करिब १८ हजार ५०० मानिसको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # जापानमा भूकम्प

  • तेस्रो आँखा