• ट्रेण्डिङ्ग :
तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’


  • 5.0K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.7K Views

    तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

    जुम्ला, २५ पुस/ जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई  चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

    images

    तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत रु १० लाख बजेट विनियोजित गरिएको बताउनुभयो ।  ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ । 

    पहिलो चरणमा पालिकाको वडा नं १ मा ४९ जना, वडा नं २ मा ७८ र वडा नं ३ मा ८२ गरी जम्मा दुई सय नौ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । कार्यक्रमबाट क्रमशः यहाँका अन्य वडाका  ज्येष्ठ नागरिकको घरमै पुगेर न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

     ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो ।  ज्येष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।


    तेस्रो आँखा