• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल र सार्कका नवनियुक्त महासचिवबिच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सार्कका नवनियुक्त महासचिवबिच शिष्टाचार भेट


  • 3.7K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    राष्ट्रपति पौडेल र सार्कका नवनियुक्त महासचिवबिच शिष्टाचार भेट

    काठमाडौँ, २५ पुस / राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गर्नुभएको छ । 

    images

    राष्ट्रपतिभवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । 

    राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरुले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपतिले बताउनुभयो । 


    तेस्रो आँखा