• ट्रेण्डिङ्ग :
घिसार्दै निकाल्न नपरोस् : हर्क साम्पाङ

घिसार्दै निकाल्न नपरोस् : हर्क साम्पाङ


  • 2.9K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    घिसार्दै निकाल्न नपरोस्  : हर्क साम्पाङ

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

    images

    प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् । मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे आफैँ खोल्ने बताएका छन् ।

    ताला लगाएपछि मेयर साम्पाङले सामाजिक संजालमा लगातार दुईवटा स्टाटस लेख्दै उपकुलपतिलाई ढिलो नगरी निकास दिन भनेका छन् । ‘न्यायोचित माग राखेर आन्दोलन गरिरहेका डा. शिक्षक र कर्मचारीहरुको माग तत्काल पूरा गरी स्थिति सुधारमा नगए अवस्था झन् बिग्रने देखिन्छ ! सम्बन्धित निकायले ध्यान देवोस,’ मेयर साम्पाङले भनेका छन् । 

    त्यसअघि उनले कार्कीलाई राजीनामा नदिए घिसारेर निकाल्न नपरोस् भन्दै चेतावनी दिएका थिए । ‘बि.पि. अस्पतालको ख्ऋ नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है,’ उनको चेतावनी छ ।


    तेस्रो आँखा