• ट्रेण्डिङ्ग :
पाटन जेसिसमा प्रवेश मल्लको नेतृत्वमा नयाँ कार्यसमिति , दर्जन बढीलाई सम्मान

पाटन जेसिसमा प्रवेश मल्लको नेतृत्वमा नयाँ कार्यसमिति , दर्जन बढीलाई सम्मान


  • 13.3K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 20.5K Views

    पाटन जेसिसमा प्रवेश मल्लको नेतृत्वमा नयाँ कार्यसमिति ,  दर्जन बढीलाई सम्मान

    तेस्रो आँखा

    images

    ललितपुर .पुस २३ । 

    पाटन जेसिसले सन् २०२२ का लागि गठन गरिएकोे नयाँ कार्यसमितिलाई स्वागत गर्दै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । पाटन जेसिसले बिहीबार आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष मनोज बहादुर न्याछ्योँ लगायतले ती व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरि सम्मान गरे ।

    कार्यक्रममा ललितपुर प्रमुख महर्जनले जेसिसले युवाहरुको क्षमता विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । परिणाममुखी काममा केन्द्रित हुन अनुरोध गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जेसिसले नेतृत्व विकास, क्षमता विकासका लागि युवामा गरेको लगानीको प्रसंशा गरे । राज्यका विभिन्न संयन्त्रसँग सहकार्य जेसिसलाई सुझाव दिए ।

    उनले भने , ‘ जेसिसले गरेका कामलाई राज्यका नियम कानुनसँग पनि जोडेर, राज्य संयन्त्रसँग सहकार्य गरे, नतिजा छिटो प्राप्त हुन्छ ’ उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष मनोज बहादुर न्याछ्योँले जेसिसले समाजका लागि योग्य जनशक्ति उत्पादन गरेको बताए । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारीले कार्ययोजना सहित जेसिसले आफ्ना कार्यक्रम तय गरेको बताए ।

    उनले परिणाममुखी काम र कार्यक्रममा लाग्न आफ्ना सहकर्मीहरुलाई अनुरोध गरे । उनले भने, ‘ कार्यक्रमका संख्यामा केन्द्रित नहोऔं, त्यसको परिणाम र प्रभावमा केन्द्रित होऔँ ।’ नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल जेसिसले व्यक्तिको क्षमता विकासका लागि गरेको कामको स्मरण गर्दै जेसिसको विकासका लागि हरदम, हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    पाटन जेसिस सन् २०२२ का नवनिर्वाचित अध्यक्ष प्रवेश मल्लले नविनतम योजना सहित अघि बढ्ने बताए । कुराभन्दा कामलाई प्राथमिकता प्रतिबद्धता व्यक्त गरे । निर्वतमान अध्यक्ष जाज्वल्यमान जोशीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।


    तेस्रो आँखा