काठमाडौँ, कात्तिक १० ।
नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनको निर्वाचन तालिका पुनः शंशोधन गरेको छ । कांग्रेसको निर्वाचन समितिले मंसिर २७ देखि महाधिवेशन गर्ने गरि प्रस्ताव गरेको हो । समितिले रोकिएका अधिबेशनहरु कात्तिक २७ गतेबाट गर्ने गरि प्रस्ताव गरेको छ । यसैगरि प्रदेश क्षेत्र महाधिवेशन १६ र १७ गते तय भएको छ भने केन्द्रीय महाधिबेशन मंसिर २७ देखि २९ गते गर्नप्रस्ताव गरिएको छ । समितिको यो प्रस्ताबमाथि कांग्रेसले निर्णय गरेमा नयाँ तालिका प्रकाशन हुने छ ।
