• ट्रेण्डिङ्ग :
कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ निष्कासन गर्ने 

कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ निष्कासन गर्ने 


  • 4.9K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.6K Views

    कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ निष्कासन गर्ने 

    काठमाडौं ४ माघ/ कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    images

    कम्पनीले जारी पुँजी ३५ करोडको १० प्रतिशत रकमको आईपीओ जारी गर्न लागेको हो । यसका लागि एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको कैलाश हेलिकप्टरकोका प्रबन्ध संचालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयरबस कम्पनीले बनाएको एएस ३५० सिरिजका ३ वटा हेलिकप्टर उडान गर्दै आएको छ ।

     


    तेस्रो आँखा