• ट्रेण्डिङ्ग :
किसानलाई किवीको बिरुवा

किसानलाई किवीको बिरुवा


  • 2.9K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    किसानलाई किवीको बिरुवा

    दोलखा ४ माघ/ जिल्लाको वैतेश्वर गाउँपालिकाले किसानलाई किवीको बिरुवा वितरण गरेको छ। चालु वर्षको किवी खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई ९० प्रतिशत अनुदानमा किवीको बिरुवा वितरण गरेको हो।

    images


    गाउँपालिकाले किवी खेतीयोग्य क्षेत्रको पहिचान गरी वडा नम्बर–६ बाहेकका सात वटा वडामा बिरुवा वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिइन्। उपाध्यक्ष उप्रेतीका अनुसार पालिकाले वडा नम्बर १ का ३६ जना किसानलाई १६ सय बिरुवा वितरण गरेको छ। 

    त्यस्तै वडा नम्बर–२ का ६ जना किसानलाई दुई सय पाँचवटा, वडा नम्बर–३ का २४ जना किसानलाई तीन सय ७० वटा बिरुवा वितरण गरेको छ। त्यसैगरी वडा नम्बर–४ का २२ जना किसानलाई पाँच सय १३ वटा, वडानम्बर–५ का ४ जना किसानलाई ९३ वटा बिरुवा वितरण गरेको हो। 

    त्यस्तै वडा नम्बर–७ का १४ जना किसानका लागि दुई सय दुईवटा र वडा नम्बर–८ का ४३ जना किसानलाई नौसय ६५ वटा बिरुवा वितरण गरेको पालिकाले जनाएको छ। गाउँपालिकाले किसानलाई ९० प्रतिशत अनुदानमा हेवाड, मन्ट्टी, एलिसन जातको किवीको बिरुवा वडागत रूपमा वितरण गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए।

    पालिकाले निवेदन र मागका आधारमा किसानलाई बिरुवा वितरण गरेको हो। सात वडामा उपाध्यक्ष उप्रेतीको रोहवरमा वडा अध्यक्षलाई बिरुवा वितरण गर्न प्रत्येक वडामा पुगेर बिरुवा हस्तान्तरण गरिएको प्राविधिक पाण्डेले बताए।

    पालिकाले यस वर्ष पालिकामै उत्पादन गरिएको बिरुवालाई प्राथमिकता दिएर चार हजार ४४ वटा बिरुवा वितरण गरेको हो। एक जना किसानलाई न्यूनतम् ५ देखि अधिकतम ८० वटासम्म बिरुवा अनुदानमा उपलब्ध गराइएको हो। सात वडाका १५० जना किसानलाई निवेदन र बिरुवा मागका आधारमा बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 


    तेस्रो आँखा