• ट्रेण्डिङ्ग :
प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने बारे कुनै छलफल भएको छैन : नेपाल

प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने बारे कुनै छलफल भएको छैन : नेपाल


  • 6.4K
    SHARES
    • कार्तिक ११, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने बारे कुनै छलफल भएको छैन : नेपाल

    धनगढी, कात्तिक ११ । 
    एकीकृत नेकपा समाजबादीका अध्यक्ष माधबकुमार नेपालले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारे कुनै छलफल नभएको बताएका छन् । धनगढी बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेपालले महाअभियोग लगाउने बारे कुनै छलफल नभएको बताए । ‘महाअभियोग लगाउने बारेमा कुनै छलफल भएको छैन,’ नेपालले भने ‘५ दलीय गठबन्धनको बैठक बसेको पनि छैन ।’ तर उनले न्यायपालिका माथि हस्तक्षेप गर्न नहुने पनि बताए । प्रधानन्यायाधीसको राजीनामाको प्रसंग उठिरहेका बेला उनले यसलाई न्यापालिका माथिको हस्तक्षेपको प्रयास भएको बताए । ‘हामीहरुले न्यायपालिका माथि हस्तक्षेप गर्नु हुँदैन,’ उनले भने ‘अहिले प्रधानन्यायाधीसलाई हटाउने कुरा आएको , यो अत्यन्तै नाजायज कुरा हो ।’ 

    images

     


    तेस्रो आँखा