• ट्रेण्डिङ्ग :
कैलालीमा वयस्क बघिनी मृत फेला

कैलालीमा वयस्क बघिनी मृत फेला


  • 2.4K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    कैलालीमा वयस्क बघिनी मृत फेला

    घोडाघोडी । जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा बघिनी मृत अवस्थामा फेला परेको छ।

    images

    तारले बेरिएको अवस्थामा वयस्क बघिनी मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिए। उनका अनुसार बघिनीको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिनअगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ।

    स्याउला लिन जंगल पुगेका स्थानीयले मरेको बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय बघिनी मरेको ठाउँमा पुगेका थिए।

    मृत बघिनीको मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए।


    तेस्रो आँखा