• ट्रेण्डिङ्ग :
देवघाटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

देवघाटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


  • 1.9K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.0K Views

    देवघाटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।

    images

    दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । ट्रक चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।

    ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ । 


    तेस्रो आँखा