कमिरेचौर,९ माघ/ दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ स्थिति पाकुरि खोला-टिकुलीदमार सिचाई कुलोको आज अनुगमन गरिएको छ । संघिय समपुरक बजेट मार्फत निर्माणाधीन करिव १.५ किलोमिटर कुलोको ८० प्रतिशत काम सम्पन्न भएको बंगलाचुली गाउँपालिकाका प्रवक्ता वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनु भयो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर ,उपाध्यक्ष भक्त बहादुर जिसी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा ,वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगी ,गाउँपालिकाका प्राविधिक भरत डाँगी लगाएतको सहभागीता रहेको थियो ।
कुलोको निर्माण सम्पन्न पश्चात् सियाला,टिकुलिदमारका ७० घरधुरीका झण्डै चारसय रोपनि जमिनमा सिचाइ सुविधा पुग्ने छ ।
