• ट्रेण्डिङ्ग :
सलमान खानसँग श्रीमान उदीपको तुलना गर्दा आँचल मख्ख 

सलमान खानसँग श्रीमान उदीपको तुलना गर्दा आँचल मख्ख 


  • 9.6K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    सलमान खानसँग श्रीमान उदीपको तुलना गर्दा आँचल मख्ख 

    काठमाडौं, २५ पुस  । नायिका आँचल शर्मा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । 

    images

    वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् । 

    यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन। 

    केही समय अगाडी अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ । 

    अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे । उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो ।

    उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’

     

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • # आँचल शर्मा

  • तेस्रो आँखा