काठमाडौँ,कात्तिक १२ ।
आँफू बेलायत भ्रमणमा जाने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् । प्रधानमन्त्री बिदेश भ्रमणमा जाँदा उपप्रधान वा बरिष्ट मन्त्रीलाई कार्यबाहक प्रधानमन्त्री बनाउने चलन छ । शुक्रबार बेलायत जान थालेका प्रधानमन्त्री देउबा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
