दीपक भण्डारी
पोर्चुगल, १० माघ । लामो समयदेखि राजधानी लिस्बोनमा बस्दै आएका उमानसिङ गुरुङको मृत्यु भएको छ । राजधानी लिस्बोनको इन्तेतिन्ते भन्ने ठाउँमा बस्दै आएका गुरुङ केही समयदेखि काम नगरी बसेको त्यही घरमा बस्ने अन्य साथीहरुले बताएका छन् । नेपालमा तनहुँ स्थायी ठेगाना भएका गुरुङ हाल पोखरामा बस्दै आएका थिए ।
त्यस्तै, झापा स्थायी घर भएका हाल काठमाडौको जडिबुटीमा बस्ने पवन श्रीवास्तवको पनि मृत्यु भएको छ । उनी पोर्चुगलको ताविरा भन्ने ठाउँमा बस्दै आएका थिए । घटनाको सत्यतथ्य छानबिन हुँदै गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष दीपा काफ्लेको भनाइ छ ।
यहाँको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुबैजनाको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने बताएको छ ।
