• ट्रेण्डिङ्ग :
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवन सञ्चालनमा

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवन सञ्चालनमा


  • 3.3K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवन सञ्चालनमा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमनतर्फको टर्मिनल भवन सञ्चालनमा आएको छ । बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको उट्घाटन गरे ।

    images

    विमानस्थलको आन्तरिकतर्फ आगमन क्षेत्र साँघुरो हुँदा यात्रुलाई ब्यागेज लिन असहज हुने गरेको थियो ।

    विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले टर्मिनल भवन सञ्चालनमा आएसँगै अब यात्रुको गुनासो सम्बोधन हुने बताए ।

    उनका अनुसार नवनिर्मित भवनमा दुईवटा ‘ब्यागेज बेल्ट’को सुविधा छ । भवनको क्षमता प्रतिघण्टा ४०० यात्रु रहेको तिवारीले बताए । 


    तेस्रो आँखा