• ट्रेण्डिङ्ग :
फोनिज मलेसियाको अध्यक्षमा अर्पण, तेस्रो आँखाकर्मी सूर्य पनि कार्यसमितिमा

फोनिज मलेसियाको अध्यक्षमा अर्पण, तेस्रो आँखाकर्मी सूर्य पनि कार्यसमितिमा


  • 7.3K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 11.3K Views

    फोनिज मलेसियाको अध्यक्षमा अर्पण, तेस्रो आँखाकर्मी सूर्य पनि कार्यसमितिमा

    सूर्य घर्तीमगर

    images

    क्वालालम्पुर (मलेसिया), ११ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा तेस्रो आँखाका मलेसिया प्रतिनिधि सूर्य घर्तीमगर पनि चयन भएका छन् । 

    ग्रेण्ड कन्टिनेन्टल होटलमा आज जनवरी २५ तारिख बिहीवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन)को अध्यक्षतामा अधिवेशन प्रारम्भ भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष गजुरधन राई रहेका थिए । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई लगायत मलेसियामा स्थापित नेपाली ब्यवसायी, रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक, सामाजिक संघसंस्थाका अध्यक्ष, पदाधिकारीहरुको आतिथ्यता र अन्य नेपाली श्रमिकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

    Fonij Malesia1.jpg

    अधिवेशनको सन्चालन ईश्वर राई र संयोजन अर्पण मगरले गरेका थिए । अधिवेशन उदघाटनसत्रको पहिलो औपचारिक कार्यक्रमको समापन सभापति घनश्याम चौधरी (आरएन)ले गरेका थिए । त्यसलगत्तै आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राईको संयोजकत्वमा दिल केरुङ लिम्बू, जीवन देवान गाउँले, सुन्दर आले सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । 

    निर्वाचन समितिको घोषणाअनुसार फोनिज मलेसियाको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । फोनिज मलेसियाको नयाँ कार्यसमितिमा अध्यक्ष अर्पण मगर, उपाध्यक्ष घनश्याम चौधरी (आरएन थारु), सचिव ईश्वर राई, सहसचिव श्रृष्टि सुनुवार, कोषाध्यक्ष मिलन दोङ तामाङ रहेका छन् । सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ, जुद्ध चौधरी, सूर्य घर्तीमगर, सन्तोष थामी, यज्ञकुमार राई, विन्दु दर्लामी मगर, शाहीकुमार तामाङ र सन्तोष राई रहेका छन् ।

    अधिवेशनमा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायतले फोनिज मलेसियाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # फोनिज मलेसिया

  • तेस्रो आँखा