• ट्रेण्डिङ्ग :
म्याग्दीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

म्याग्दीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या


  • 4.5K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    म्याग्दीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

    images

    उनका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । 

    मृतकको टाउको र छातीमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताए । 


    तेस्रो आँखा