• ट्रेण्डिङ्ग :
विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्ने

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्ने


  • 3.3K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.1K Views

    विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्ने

    मोरङ, १३ माघ/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न   इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिनुभएको छ ।

    images

    नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताउनुभयो ।

    भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्छ भन्नुभयो ।


    तेस्रो आँखा