• ट्रेण्डिङ्ग :
१४ वर्षीय बालक बेपत्ता

१४ वर्षीय बालक बेपत्ता


  • 2.3K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.5K Views

    १४ वर्षीय बालक बेपत्ता

    धनगढी १५ माघ/कञ्चनपुरको वाणीबाट एक जना बालक बेपत्ता भएका छन् । कञ्चनपुर प्रहरीका अनुसार धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ओमप्रकाश जोशी बेपत्ता भएका हुन् । आइतबार दिउँसो खाना खाएर ‘एकै छिनमा आउँछु‘ घरबाट निस्केका उनी घर नफर्केको आफन्तले बताएका छन् ।

    images

    ओमप्रकाशकी आमा सावित्री जोशीले प्रहरी चौकी वाणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएको जानकारी दिइन् । वाणी प्रहरीले दिउँसोको समयमा ओमप्रकाश साइकल हाइसमा राखेर महेन्द्रनगरतिर गएको सिसी क्यामेरामा देखिएको बताएको छ । उनको मोबाइल ट्रयाक गर्दा आइतबार बेलुकी दोधाराचाँदनी क्षेत्रमा देखिएको थियो । 


    तेस्रो आँखा