• ट्रेण्डिङ्ग :
जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल

जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल


  • 19.2K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 29.5K Views

    जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल

    मनिष खनाल

    images

    जापान, १५ माघ । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन् । मञ्चको टोकियोमा सम्पन्न अधिवेशनले लेखा अनुशासन आयोगसहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरि पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुवेदी, शिवु थापा, आरएच गौतम, श्रवण सत्याल, भुवन हुमागाईँ, रामकृष्ण भण्डारी, रामप्रसाद गैरे रहेका छन् । यसैगरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ, डिलाराम न्युरे, प्रमिला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी), जीवन पोखरेल, राज पुरी, राकेश विमली, बालबिक्रम तिगेला, गोविन्दप्रसाद पौडेल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यक्षहरुमा शालिकराम मरहट्ठा, भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् । बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा. भूपालमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।

    अधिवेशनको उदघाटन माओवादी केन्द्रका नेताहरू लक्ष्मण पन्त र ओम शर्मा लगायतले गरेका थिए । नवनिर्वाचित अध्यक्ष मोहन पौडेलले आफ्नो २ बर्षे कार्यकाल स्वर्णिम बनाउने उदघोष गरे भने पूर्वअध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको दाबी गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे । यसैगरी निर्वाचन कमिटीका सदस्य रामहरि पुडासैनीले अधिवेशनमा देखिएका केही समस्या र असन्तुष्टिहरू सबैलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # नेपाली जनप्रगतिशील मञ्च जापान

  • तेस्रो आँखा