कुवेत, १६ माघ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित कोस्टा डेल शोल होटेलमा सम्पन्न अधिवेशनले राज मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा चन्द्रबहादुर विश्वकर्मा गोतामे, सचिवमा हरिबहादुर बानियाँ, सहसचिवमा गुलाम नबि मन्सुर र कोषाध्यक्षमा सुरेश गुरूङ निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यहरु मनोज थापा, प्रेमकुमार जिमी, मानबहादुर तामाङ, विजय धामी, आङकाजी शेर्पा, विजयकुमार तामाङ, जय नारायण थारू माझी र रामकाजी तामाङ चयन भएका छन् ।

अध्यक्ष नवराज पन्थीको अध्यक्षता तथा सचिव चन्द्रबहादुर विश्वकर्मा गोतामेको सञ्चालनमा भएको अधिवेशनका प्रमुख अतिथि नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी, नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतम, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, आइसीसी सदस्य हरि लावती, एफएनजे कुवेतका सस्थापक अध्यक्ष सुजन केसी, भूतपूर्व अध्यक्ष हरिकृष्ण न्यौपाने, एनआरएनए एनसीसी कुवेतका वरिष्ठ उपाध्यक्ष होमनाथ गिरी, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाइली विरही, नेपाली जन प्रगतिशील मन्च कुवेतका अध्यक्ष मनु भुजेल, प्रवासी नेपाली एकता मञ्च कुवेतका महासचिव शंकर पौडेल, प्रवासी नेपाली एकता मञ्च (एकीकृत समाजवादी) का उपाध्यक्ष टीका पौडेल, अल मुजैनी एक्सचेन्ज कुवेतका नेपाली बजारका मार्केटिङ म्यानेजर राम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहसचिव हरिबहादुर बानियाँले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष राज मल्लले संस्थागत गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
