• ट्रेण्डिङ्ग :
बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन


  • 6.0K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.2K Views

    बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

    नवलपुर १७ माघ/नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । 

    images

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो । 

    उहाँ चितवन भरतपुर महानगरपालिका–१७ बेलुवाका स्थायी बासिन्दा हुनुहुन्छ । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत हुनुहुन्थ्यो । 

    बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 


    तेस्रो आँखा